संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, मृत्युदण्डको व्यवस्था संविधानविपरीत: मन्त्री कोइराला

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, मृत्युदण्डको व्यवस्था संविधानविपरीत: मन्त्री कोइराला


ग्लोब नेपाल
162
Shares

काठमाडौं । संसदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

सो विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाको माग भए पनि यो संविधानविपरीत हुने भएकाले मृत्युदण्डको कानुन बनाउन नसकिने बताए ।

यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक २०७९ पेस गरेका थिए ।