अर्थमन्त्रीलाई भीम रावलको प्रश्न- बजेटमा २२० ठाउँमा अँग्रेजी शब्द किन ?

अर्थमन्त्रीलाई भीम रावलको प्रश्न- बजेटमा २२० ठाउँमा अँग्रेजी शब्द किन ?


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेटलाई किन नवउदारवादी बाटोमा डोहोर्‍याएको भनेर अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धमा जवाफ दिएपछि पूरक प्रश्न गर्दै रावलले एमसीसीको व्याख्यात्मक घोषणा सम्बन्धमा पनि प्रश्न गरेका हुन् ।

‘संविधानको भावनाविपरीत बजेटलाई किन पुँजीवादी नवउदारवादी बाटोमा डोर्‍याउनु भयो ? संविधानको धारा ७ विपरीत बजेटको २२० ठाउँमा अँग्रेजी भाषा किन राखियो ?,’ रावलले प्रश्न गरे, ‘एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणाको पत्र खोइ रु एमसीए नेपाल खारेज भएको हो ?’