रोमाण्टिक मुडमा देखिए आर्यन सिग्देल

रोमाण्टिक मुडमा देखिए आर्यन सिग्देल


ग्लोब नेपाल
162
Shares

काठमाडौं । गायक रविन लिम्बुको स्वरमा रहेको नयाँ गीत ‘मेरी सानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार डि.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

नायक आर्यन सिग्देल र मोडल रुबिना थापाको बेजोड अभिनय रहेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ।

नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायक को गीत भित्र हराउंदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ। भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।