शिक्षकलाई कांग्रेस प्रवक्ता महतको सुझावः शिक्षक पनि विद्यार्थी हुन तयार हुनुपर्‍यो

शिक्षकलाई कांग्रेस प्रवक्ता महतको सुझावः शिक्षक पनि विद्यार्थी हुन तयार हुनुपर्‍यो


ग्लोब नेपाल
2.3k
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको युगमा विद्यार्थी–विद्यार्थीकोबीचमा मात्र नभई शिक्षक र विद्यार्थीकैबीचमा पनि प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

नुवाकोटमा आयोजित कांग्रेसनिकट नेपाल शिक्षक संघको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको चरम विकास भएको युगमा शिक्षक चनाखो हुनुपर्ने बताए । यसका लागि आफू शिक्षक भए भनेर बडप्पन गरेर नबसी विद्यार्थी पनि बन्नुपर्ने सुझाव दिएका छन् । यसमा प्रविधिको विशेष भूमिका रहेको उनको भनाइ छ । ‘नयाँनयाँ आविष्कार भइराख्या छ । नयाँनयाँ प्रविधिहरूको विकास भइराख्या छ । सबै क्षेत्रमा नयाँनयाँ प्रयोग भइराख्या छ,’ उनले भने ।

शिक्षकहरुको प्रतिस्पर्धा विद्यार्थीसँग भएको भन्दै महतले भने, ‘तपाई (शिक्षक)हरूको प्रतिस्पर्धा पनि विद्यार्थीसँग भइरहेको छ । यसकारण विद्यार्थीले के सोधेर अप्ठेरोमा पार्ने हुन् भनेर पनि तयार हुनुप¥यो ।’

शिक्षहरूले पढाउने भन्ने कुरा सँगसँगै पढ्ने पनि हो भन्ने कुरा बुझ्नुपर्ने प्रवक्ता महतको सुझाव छ । ‘पढ्ने बेला जुन पढियो त्यही मात्र पढाइरहन्छु भनेर हुँदैन्,’ उनले भने, ‘जे मैले पढेँ त्यहीँ पढाउँछु, भन्यो भने त्यल्ले शिक्षालाई पूर्णता दिदैँन । त्यसैले शिक्षक पढ्न पनि तयार हुनुपर्छ ।’