थप १६ जनामा कोरोना संक्रमण

थप १६ जनामा कोरोना संक्रमण


ग्लोब नेपाल
0
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको सङ्ख्या ११० रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १२८ जनाले कोरोना जितेका छन् । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत रहेको छ । नेपालमा प्रतिदश लाखमा ३९३।४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।