सांसद पद सकिएको तीन महिनामै कुँवरलाई मन्त्री पद उपहार !

सांसद पद सकिएको तीन महिनामै कुँवरलाई मन्त्री पद उपहार !


ग्लोब नेपाल
155.8k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सांसद नै नरहेका व्यक्ति (गैरसांसद) लाई मन्त्रीका लागि सिफारिस गरेको छ ।

नेकपा एकिकृत समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो । मन्त्रीका लागी सिफारिस भएका कुवर अछामका हुन् । उनी यसअघि राष्ट्रिय सभा सदस्य थिए । कुँवरको राष्ट्रिय सभा सदस्य पदको पदावधि गत २०७८ फागुन २० मै सकिएको हो । त्यस यता उनी संघिय संसदको कुनै पनि सदनको सदस्य छैनन् ।

नेपालको संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ उक्त व्यवस्था अनुसार एकिकृत समाजवादीले कुँवरलाई श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेको हो । उनी मन्त्री भएको ६ महिनाभित्र संघिय संसदको सदस्य भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई मन्त्री बनाउनुपरेको एकिकृत समाजवादीले बताएको छ । तर संविधानको उक्त धारालाई राजनीतिक दलहरुले आआफ्नो तरिकाले प्रयोग गर्दै चाहेका व्यक्तिलाई मन्त्री पद उपहार दिइरहेका छन्। खासमा संविधानको उक्त व्यवस्था आवश्यकता र औचित्यको आधारमा प्रयोगका लागी बनाइएको हो ।

गैर सांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइनन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रुपमा कार्यरत छन् । यस्तै, यो सरकार भन्दा अघिल्लो केपी ओली सरकारले पनि संविधानको यसै धारालाई प्रयोग गर्दै कुनै औचित्य विनै आधा दर्जन गैरसांसदलाई मन्त्री नियुक्त गरेको थियो ।