मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप सहयोग गर्ने {पूर्णपाठ}

मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप सहयोग गर्ने {पूर्णपाठ}


ग्लोब नेपाल
162
Shares

जनकपुरधाम । मधेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् ।

मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बेटी पढाऔं बेटी बचाऔं’ अभियानलाई निरन्तरता दिएको जनाएका हुन् । ‘आठमा अध्ययनरत छात्रहरुलाई साइकल खरिदका लालि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा लेखिएको छ ।