काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा युवा-युवतीको शव भेटिएको छ ।
सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए । ‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ’ एसएसपी कुँवरले भने, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा शव भेटिएको जनाइएको छ ।


प्रतिक्रिया