भुटानमाथि नेपालको सहज जित

भुटानमाथि नेपालको सहज जित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भईन् । सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा सुन्य रनमा आउट भईन् । एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् ।

भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २र२ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।