काठमाडौं-१६ मा वडाध्यक्षको सक्रियतामा उठाउन थालियो फोहोर

काठमाडौं-१६ मा वडाध्यक्षको सक्रियतामा उठाउन थालियो फोहोर


ग्लोब नेपाल
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्ब। १६ का वडा अध्यक्षको पहलमा वडाको फोहोर उठाउन थालिएको छ ।

सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए। झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको हो ।

रिजालले सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताएका छन्।सोमबार बिहान बसेको वडा समितिको बैठकले फोहोर उठाउने निर्णय गरेको भट्टराईले बताए।

भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २/३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ ।’