नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो

नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो


ग्लोब नेपाल
81
Shares

नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका-४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।