अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले अछामका किशोर १५ वर्षी किशोर विनोद शाहीको षडयन्त्रपूर्वक हत्या भएको ठहर गरेको छ।
एमाले सुदूरपश्चिमले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । प्रदेश कमिटीका सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘यहि जेठ १७ गतेका दिन स्थानीय निर्वाचनका विषयलाई लिएर भएको सामान्य विवाद पश्चात प्रहरीले गाउँमा गरेको धरपकडपछि विनोद शाही बेपत्ता हुनु, प्रहरी समेतको संलग्नता गाउँमा ज्यादतीपूर्ण व्यवहार हुनु र जेठ २१ गतेका दिन निज मृत अवस्थामा फेला पर्नुले निज विनोद शाहीको षणयन्त्रमुलक तरिकाले हत्या भएको देखिन जान्छ ।’
साथै एमालेले उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्न समेत माग गरेको छ ।



प्रतिक्रिया