नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डीआईजीको एआईजीमा बढुवा

नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डीआईजीको एआईजीमा बढुवा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

यता, सरकारले सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतमलाई पनि एआईजी मा बढुवा गर्ने निर्णय गरेको छ ।