यातायात मन्त्रीलाई गगनको सुझाव: इम्बोस्ड नम्बर राख्न एक पटक साधारण नागरिक भएर लाइनमा बस्नुस्

यातायात मन्त्रीलाई गगनको सुझाव: इम्बोस्ड नम्बर राख्न एक पटक साधारण नागरिक भएर लाइनमा बस्नुस्


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न नागरिकलाई सास्ति भएको बताएका छन् ।

शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले नागरिकले धेरै सास्ति पाएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न सुझाव दिए । ‘

काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’

असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे । असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका उनले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।