हात्तीसारको एक रेस्टुरेन्टमा कार्यरत महिलामाथि बलात्कार, वेटर पक्राउ

हात्तीसारको एक रेस्टुरेन्टमा कार्यरत महिलामाथि बलात्कार, वेटर पक्राउ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । पीडितको जाहेरीपछि नेपाल हाउस रेस्टुरेन्टमा वेटरका रूपमा काम गर्दै आएका खत्रीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार घटना चार दिनअघिको हो ।

पक्राउ परेका फुयाललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।