अछाममा किशोर मृत्यु प्रकरण : शङ्कास्पद पाँच जना पक्राउ

अछाममा किशोर मृत्यु प्रकरण : शङ्कास्पद पाँच जना पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । जेठ २१ गते अछाममा मृत फेला परेका स्थानीय विनोद शाहीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सिआइवीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ भइरहेको उनले जानकारी दिए । प्रहरीले पक्राउ गरेका को हुन् भन्ने बारे अझै गोप्य राखेको छ । अनुसन्धानको लागि पक्राउ गरिएको बिस्टको भनाइ छ । पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिवार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

दोषी पक्राउ नपरेको मृतकका आफन्तहरूले अझै शव उठाउन मानेका छैनन् ।