सेयर बजारको समस्या समाधन गर्न ४ सदस्यीय समिति गठन

सेयर बजारको समस्या समाधन गर्न ४ सदस्यीय समिति गठन


ग्लोब नेपाल
783
Shares

काठमाडौं । सेयर बजार (पुँजी बजार)को समस्या समाधान गर्न अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ ।

नेपाल धितोपत्र बोर्डको ३० औ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो समितिमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति बनाएको बताए ।

अर्थमन्त्री शर्माले उक्त सुझाव समितिले दिएको सुझावका आधारमा आगामी दिनमा अर्थ मन्त्रालय अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए । पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।

नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना बनाउने दिशामा अगाडि बढ्न निर्देशन दिँदै त्यसको लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको समेत मन्त्री शर्माले बताए ।