त्रिभुवन विश्वविद्यालयको चरम लापरबाही, एमएको अर्को विषयको प्रश्नपत्र पनि हुबहु !

त्रिभुवन विश्वविद्यालयको चरम लापरबाही, एमएको अर्को विषयको प्रश्नपत्र पनि हुबहु !


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौँ । शिक्षा क्षेत्रको धरोहरका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरबाही गर्दै गएको छ ।

त्रिवि स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा पब्लिक अर्थशास्त्रको प्रश्न पत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटना सार्वजनिक भएर उक्त विषयमा अनुसन्धान जारी रहेकै अवस्थामा राजनीतिशास्त्र विषयमा एक वर्षअधि र एक वर्षपछिको प्रश्नपत्र मेल खाएको तथ्य बाहिरिएको छ ।

सामान्यतया आक्कलझुक्कल एकाध प्रश्न दोहोरिनु स्वाभाविक भए पनि पुरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रूपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएको आशंका गर्न थालिएको छ । अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरू सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्न पत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय राजनीति-५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीन वटै प्रश्न पत्र हुबहु मिलेको छ । यस्तै, दोस्रो खण्डको ५र५ नम्बरको १० वटा प्रश्नहरू क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ ।

सन् २०२१ को परीक्षाको प्रश्नमा सन् २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं।को ८ मा, ८ नं।को ९ मा, ९ नं.को १० मा, १० नं।को ११ मा र ४ नं.को १२ नं।मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।

हेर्नुहोस्, सन् २०२० र २०२१ को प्रश्न पत्र जस्ताको त्यस्तै: