मुकुन्देले मागे महानगरपालिकाका मेयर बालेन साहको राजीनामा

मुकुन्देले मागे महानगरपालिकाका मेयर बालेन साहको राजीनामा


ग्लोब नेपाल
432
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका रहेका मुकुन्दे भनि चिनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।

बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । ‘भाइरल म्यान’ समेत भनेर चिनिने मुकुन्देले ट्वीट गर्दै साहकाे राजीनामा मागेका हुन् ।

उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् । मुकुन्दे बालेन साहका कटु आलोचक हुन्।