अन्टार्टिकाको हिउँमा प्लास्टिकको टुक्रा भेटियो

अन्टार्टिकाको हिउँमा प्लास्टिकको टुक्रा भेटियो


ग्लोब नेपाल
81
Shares

एजेन्सी । अन्टार्टिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकको टुक्रा भेटिएको छ । जमेको हिउँमा यसअघि नै प्लास्टिकका टुक्रा भेटिएको भएपनि ताजा हिउँमा पहिलो पटक प्लास्टिकको टुक्रा भेटिएको न्युजिल्यान्डका वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्टार्टिकाका १९ वटा विभिन्न ठाउँबाट संकलन गरेको ताजा हिउँ पगाल्दा प्रतिलिटर २९ वटासम्म पलास्टिकका साना टुक्रा फेला परेको खबरमा उल्लेख छ । वैज्ञानिकहरूले यसअघि सगरमाथा र समुद्रको गहिराइमा पनि माइक्रोप्लास्टिक फेला पारिसकेका छन् । यसले वातावरण संरक्षणमा ठूलो चुनौती थपिएको वैज्ञानिकहरूले बताएका छन् ।