सिमानामा देश

सिमानामा देश



बारीको कान्लो मिचियो
केही बोलिनँ
सोचेँ
छिमेकी हो
गाह्रो साह्रो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केही बोलिनँ
पछाडि फर्किएँ
गाउँले हो मर्दापर्दा
काम लागेको छ ।
यसपालि छ सिमानामा
देशै मिचिएको छ ।
इतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा
कुल्चिनेका सामु
अहिले त मलाई
मेरो खिया लागेको खुकुरी
उधाउने रहर जागेको छ ।