निरुको ब्वायफ्रेन्ड!

निरुको ब्वायफ्रेन्ड!



निरु मेरो साथी । दुबईमा हाम्रो पहिलो भेट भयो । परदेशमा सुख दुख बाड्ने साथी । एउटै कम्पनीमा काम गर्ने भएकोले निरु मेरो मिल्ने साथी भई । हामी मार्केट पनि सँगसँगै जान्थ्यौ ।

निरु बिबाहित थिइ तर, म विवाह नगरेको मान्छे । मन भुलाउने साथी तर नराम्रो दृष्टिले चै होइन । हरेक हप्ता शुक्रबार छुट्टी हुन्थ्यो । परदेशमा बसिएको छ । यहाँ कति दुख छ । पीडा कम गर्न भएपनिु प्रायजसो छुट्टीमा उ र म बसेर बियर पिउने गर्थ्यौ । निरु मज्जाले पिउथी । कहिलेकाही हुस्कि किनेर लग्थी कोठामा । मलाई असल साथी मान्थी । बजार जानुपर्यो । किनमेल गर्नुपर्यो भने मलाई फोन गर्थी । ऊनी सँग मेरो आत्मीयता बढ्दै थियो । मोटी थिइ । म पातलो ख्याउटे थिए ।

हर कुरा सेयर हुन्थ्यो । प्रेम र कहिलेकाही सेक्सका कुरा गर्थी । एकदिन मलाई सोधेकी थिइ तिमीसंग सेक्सको अनुभव छ कि छैन भनेर सोधी ।रक्सी खाएर मातेको दिन छ भने रुन थाल्थी । हरेक हप्ता म बियर किनेर ल्याउथे । बियरको पैसा चै दिएर पठाउथी । हरेक दिन हर समय नजिकिँदै गयौं । निरुसँग एक किसिमको प्रेम बस्यो ।

निरु मसँग भन्थी कहिलेकाही म बुढोसँग खुसी छु तर मलाई असल साथी चाहिएको छ । जो जीवन हर समय मलाई साथ र सहयोग गरोस् एकदिनको कुरा हो । हामी बियर पिउदै थियौं । उसको बुढो दुबई भिजिटमा आउने कुरा गरी ।केहि समयको अन्तरालमा उसको बुढो आयो दुबई । मलाई त्यसपछि मलाई फेसबुकमा अनफ्रेन्ड गरि । तर फोन चै गर्थी । भेट पनि त्यस्तो धेरै हुन छाड्यो । हामी ड्युटी पनि एउटै बसमा जान्थ्यौ । अफ्रिकन काला जातिहरु उसका साथीहरु थिए केहि केटिहरु थिए । उसको बुढोलाई देखाउदै । हिज माइ हसबेन्ड भनी । हामी ड्युटी जानलाई बसमा भित्र छिर्यौ । उसका केहि साथीहरूलाई देखाउदै । म तिर देखाउदै हि ईज माइ ब्वायफ्रेन्ड ।

अहिले हाम्रो अकुमेडसन पनि चेन्ज भयो । पहिला सँगसँगै थियो । निरु पनि डे सिफ्टमा गइ । अहिले फोन समेत हुदैन । बोलचाल नभएको बर्षौं भयो । अहिले फेसबुकमा पनि साथी छैन । आज म सोचिरहेकोछु म पनि पहिला निरुको ब्वायफ्रेन्ड थिए ।