काठमाडौं । राष्ट्रिय युवा परिषद्ले विभिन्न १३ जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको छ ।
राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा जेठ १६ गते बसेको परिषद्को बैठकले १३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्त भएका जिल्ला समिति अध्यक्षलाई परिषद्ले शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा बोलाएर १३ जनालाई नै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएको छ ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लामा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको हो ।
कुन जिल्लाको अध्यक्षमा को नियुक्त ?
हिकमतबहादुर शाही–दैलेख
सुजन राई–सोलुखुम्बु
पासाङ निमु शेर्पा–संखुवासभा
चेतप्रसाद बोलखे–रौतहट
टिका भुर्तेल–नवलपुर
सुजन लिम्बु–ताप्लेजुङ
समिक शेरचन–मुस्ताङ
युवराज दाहाल–झापा
आविष्कार क्षेत्री–स्याङ्जा
भक्तबहादुर थापा–बर्दिया
नवराज कार्की–मुगु
सञ्जयकुमार दास–सप्तरी
चक्रबहादुर रावल–जुम्ला
प्रतिक्रिया