‘भाइरल’ वडा अध्यक्ष रिजालको घरमा महानगर प्रमुख साहको ‘लन्च मिटिङ’

‘भाइरल’ वडा अध्यक्ष रिजालको घरमा महानगर प्रमुख साहको ‘लन्च मिटिङ’


ग्लोब नेपाल
999
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफलाई अघि बढाएका छन् ।

सोहि क्रममा शनिवार साहले ‘भाइरल’ वडाध्यक्षका रुपमा चर्चामा रहेका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

पाँणे नामले चिनिएका कलाकार अर्जुन घिमिरेका साथ पुगेका शाहले रिजाल निवासमा झण्डै दुई घन्टा बिताएका थिए। ‘लन्च’सहितको भेटमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरेका थिए।

उनले पार्टीभन्दा माथि उठेर महानगर प्रमुख शाहका जनमुखी अभियानमा आफूले सहयोग गर्ने समेत बताएका छन्। नगर प्रमुख शाहसँग महानगरपालिका केन्द्रित छलफल भएको वडाध्यक्ष रिजालले बताए। भेटमा सहभागी कलाकार घिमिरेले जनप्रतिनिधिहरुसँग परामर्श गर्ने नीतिअनुसार भेटघाट भएको बताए।