झलनाथ खनालको गुनासो: गठबन्धनले एकीकृत समाजवादीलाई ठिक ढंगले सम्मान गरेन

झलनाथ खनालको गुनासो: गठबन्धनले एकीकृत समाजवादीलाई ठिक ढंगले सम्मान गरेन


ग्लोब नेपाल
513
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको गुनासोे गरेका छन् ।

शनिबार काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई बिजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन्।

पूर्वप्रधानमन्त्री खनालले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दावी गरे । १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई छ ।

नेता खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे ।

काठमाडौंको मेयरमा नयाँ मान्छे बिजयी भएकाले सबैले सहयोग गर्नुपर्ने खनालले बताए ।