भक्तपुर जिससमा गोला तान्दा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर जिससमा गोला तान्दा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित भएका छन् । उप्रमुखमा नेपाली कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् ।

भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन । एमालेका तीन, कांग्रेस माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो ।

एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।

कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।