अब साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार १ बजे बन्द

अब साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार १ बजे बन्द


ग्लोब नेपाल
459
Shares

काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ।

सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए ।

अब आइतबारदेखि बिहीबारसम्म पहिले जस्तै बिहान ११ बजेबाट ३ बजेसम्म सेयर कारोबार हुनेछ । शुक्रबार बिहान ११ बाट दिउँसो १ बजेसम्म मात्रै सेयर कारोबार हुने भएको छ । विश्वका अन्य देशमा साताको ५ दिनमात्रै सेयर कारोबार हुने गरेको छ । तर, नेपालमा आगामी असारदेखि सातामा ६ दिन सुरु हुने भएको हो ।

लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।

लगानीकर्ताले कारोबार ६ दिन नै सन्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।