गोपाल हमालले साथ दिएपछि कैलाली जिससमा सत्तारुढ गठबन्धन विजयी

गोपाल हमालले साथ दिएपछि कैलाली जिससमा सत्तारुढ गठबन्धन विजयी


ग्लोब नेपाल
162
Shares

धनगढी । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । प्रमुख र उपप्रमुखमा विजयी भएका कलेल र भुसालले समान १३१३ मत पाएर विजयी भए । नेकपा एमाले र नागरिक उम्ुक्ति पाटीका उम्मेद्वराह्ररुले समान १२१२ मत पाएर पराजित भए ।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन्।

भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन्।