अर्थमन्त्रीसँग मन्त्री झाँक्रीको आक्रोश: सयौँ टुक्रे योजना मात्रै हालिदिएर हुन्छ चाहिँ के ?

अर्थमन्त्रीसँग मन्त्री झाँक्रीको आक्रोश: सयौँ टुक्रे योजना मात्रै हालिदिएर हुन्छ चाहिँ के ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोखेकी छन्।

आफ्नो मन्त्रालय मातहत शहरी विकाससम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री शर्माप्रति आक्रोश पोखेकी हुन् । मन्त्री झाक्रीले राजनीतिक गफ गर्न मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन्।

उनले बजेटका कारण करिव एक हप्ताको समय आफैं सामान्य रुपमा आउन नसकेको बताइन्। मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनुपर्ने बताइन्। ‘करिब साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि हुन्छ चाहिँ के ? पोल्टिसिएनलाई मात्रै गफ गर्ने। हामी मात्रै गफ गर्ने हो। यो खालको विकराल अवस्था छ। व्यक्ति हस्तान्तरणको गफ गर्छौं। संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ?’, उनले अर्थमन्त्रीलाई सोधिन्’, हाम्रो प्लानिङ व्यवस्थित भएन। एउटा मन्त्रालयले नीति कार्यक्रम बनाएर दियो, अर्को मन्त्रालयले लगेपछि यस्तो गोप्य राख्यो कि, बाहिर निस्किने बेलामा छरपस्ट, थामिनसक्नु, ६/७ दिन हामी आफैँ नै नर्मल कण्डिसनमा आउनुपर्ने भयो। त्यसैले यो अवस्थामा हामीले छलफल गरौँ।’