एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाली महिला टिमको घोषणा भएको छ ।

असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो।

नेपालले घोषणा गरेको टोलीमा मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टिममा अटाएकी छिन् । च्याम्पियनसिप यहिँ जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन्।

यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी(ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

नेपाली टोली:

रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी