ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार  

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार  


ग्लोब नेपाल
324
Shares

ओखलढुंगा ।ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । 

ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिकाऔ२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । 

ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका-११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।