शिक्षामन्त्रीको जवाफः कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन

शिक्षामन्त्रीको जवाफः कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री पौडेलले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताए । कोभिड १९ का कारण शैक्षिक सत्र असारमा पुगेकोमा यो बर्षदेखि शैक्षिक सत्र १ महिना अगाडि सार्नु र कागज अभाव भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको दावी गरे ।

निर्वाचन आयोगले गरेको चुनावमा जनक शिक्षाका कर्मचारीपनि जानुपर्ने बाध्यात्मक स्थिति बन्यो । जसले गर्दा पाठ्यपुस्तक पु¥याउन १५ दिन ढिला भएको जानकारी गराउन चाहन्छु ।’ उनले पढाईमा बाधा नपरोस् भनी सामुहिक अध्ययनका लागि बैकल्पिक व्यवस्था गरिएको जानकारी गराए ।

विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै उनले काम भइरहेको बताए । उनले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेका हुन् ।

सांसदहरूले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउने तर समयमा कहिल्यै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुर्‍याउने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने धारणा राखेका थिए । मन्त्री पौडेलले त्यस्ता धारणाले आफूलाई दुःख लागेको बताए ।’जनक शिक्षा सामग्री केन्द्र खारेज गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ उठाउनुभयो । मलाई दुःख लागेको छ । बौद्धिक माननीय सदस्यज्यूहरूले यस प्रकारका कुरा नराखिदिँदा हुन्छ’, उनले भने ।