त्रिभुवन विमानस्थलमा ब्यागेज जाँच गर्दा भेटियो गोली

त्रिभुवन विमानस्थलमा ब्यागेज जाँच गर्दा भेटियो गोली


ग्लोब नेपाल
243
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ स्थानबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको छ ।

सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहको ब्यागमा मंगलबार साँझ गोली भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।