गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित

गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे एसियाका स्थानीय स्थानीय सरकारहरुको साझा संस्थाको अध्यक्षमा निर्वाचित भएकी छिन् । 

गत बिहीबार र शुक्रवार चीनमा भएको युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिकको विस्तारित बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

नेपाली कांग्रेसबाट नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्षसमेत रहेकी पाण्डेले गत सन् २०२३ देखि यस संस्थाको कार्यसमिति सदस्यका रुपमा रहेकोमा अहिले अध्यक्षको जिम्मेवारी पाएकी हुन् ।

एसियाका ५१ देशका स्थानीय सरकारका हजारौँ प्रतिनिधि तथा सयौँ संस्थाहरु सदस्य रहेको यस संस्थामा नेपालबाट गाउँपालिका महासंघसँगै नगरपालिका संघ पनि सदस्य रहेको छ । यस संस्थाको केन्द्रीय कार्यालय इन्डोनेसियाको जाकार्तामा छ । 

गत २०२३ मा अध्यक्षमा निर्वाचित फिलिपिन्सको क्विटीनो प्रान्तका गभर्नर दाकिला कार्लोको गत सेक्टेम्वर १५ का दिन निधन भएपछि अध्यक्ष पद खाली भएकाले नेपालकी पाण्डेले जिम्मेवारी लिनुपरेको हो । 

आफंले स्थानीय सरकारहरुको अन्तर्राष्ट्रिय संगठनको नेतृत्व गर्दा अन्य देशहरुसँग नेपालको सम्वन्ध राम्रो बनाउन सघाउ पुग्नुका साथै स्थानीय सरकारसम्वन्धी धेरै ज्ञान र सिप नेपाललाई प्राप्त हुने उनको दावी छ । स्थानीय सरकारका बारेमा संसारभरि पैरवी गर्दै आएको यस संस्थाले नेपालमा पनि विभिन्न परियोजनाहरुको विकास र विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताइन् ।