अर्थमन्त्री शर्माको राजीनामा माग्दै एमालेले गर्‍यो संसद अवरोध

अर्थमन्त्री शर्माको राजीनामा माग्दै एमालेले गर्‍यो संसद अवरोध


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको छ ।

बिहिबार बजेट निर्माणमा अर्थमन्त्री शर्माले विचौलियालाई प्रवेश गराउँदै गम्भीर अपराध गरेकाले उनले राजीनामा नदिएसम्म विनियोजन विधेयकबारेको छलफल सञ्चालन हुन नहुने एमालेले बताएको छ ।

बिहीबार संसदमा विशेष समय लिएर बोल्दै एमाले सांसद भानुभक्त ढकालले संसदले तत्कालै छानबिन समिति गठबन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई जोगाउन खोजेको हो वा होइन भन्ने विषयमा पनि संसदलाई जानकारी गराउनुपर्ने एमालेको माग रहेको ढकालले बताए ।

उनले भने, ‘अर्थमन्त्रीलाई विचौलियाले बचाउने भन्ने कुरा आइरहेको छ । के प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बचाएर अपराधीको सति जान खोजेको हो रु हामी जवाफ चाहन्छौँ।’