काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए ।
बिदाइ समारोहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने बताएका हुन् । उनले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरे पनि क्षेत्र नखुलाएको बिदाइ समारोहमा सहभागी टेलिभिजनका एक कर्मचारीले जानकारी दिए ।
आज राति आफ्नो अन्तिम कार्यक्रम (सिधा कुरा) प्रशारण हुने जानकारी पनि लामिछानेले दिएका छन् । उनले आफू भावनात्मक रूपमा टेलिभिजनसँग साथमै रहने बताएको ती कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया