रेडक्रसमा तदर्थ समिति गठन, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

रेडक्रसमा तदर्थ समिति गठन, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन् ।

प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए। मन्त्री कार्कीले सरकारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ।