नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए

नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो । उनी हालैमात्र दुबईबाट नेपाल आएको बताइएको छ । दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक रहेको चिकित्सकले जानकारी दिए ।