नेपालले क्यानडा भ्रमण गर्ने

नेपालले क्यानडा भ्रमण गर्ने


ग्लोब नेपाल
162
Shares

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यानं) ले जनाएको छ ।

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो । नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले ट्वान्टी २० शृंखला खेल्नेछ । नेपालले जुन २८ मा पहिलो ट्वान्टी २० खेल खेल्नेछ । यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्नेछ ।

नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्नेछ । यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्नेछ । लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमसहित ओमान सहभागी रहेको त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको चार खेलमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको थियो । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।