पर्यटनमन्त्री आले फेरी पनि विवादमा, सामाजिक सञ्जालमा राजिनामाको माग

पर्यटनमन्त्री आले फेरी पनि विवादमा, सामाजिक सञ्जालमा राजिनामाको माग


ग्लोब नेपाल
432
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई गाली गरेको अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँगै उनको चर्को आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि बिबादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन ।

सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ ।