असार १५ भित्र संगठित संस्थाहरुलाई विवरण पठाउन लोक सेवाको आग्रह

असार १५ भित्र संगठित संस्थाहरुलाई विवरण पठाउन लोक सेवाको आग्रह


ग्लोब नेपाल
702
Shares

काठमाडौं । लोक सेवा आयोगले संगठित संस्थाहरुलाई पदपूर्ति गर्नुपर्ने पदहरुको विवरण यहि असार १५ गतेभित्र पठाउन आग्रह गरेको छ ।

आयोगले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पदपूर्ति गर्नुपर्ने संगठित संस्थाहरुले पदपूर्ति समितिको निर्णय सहित पूर्ति गर्नुपर्ने पदहरुको विवरण तथा प्रस्तावित समय तालिका समेत उल्लेख गरी असार १५ गतेभित्र सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा (परीक्षा संचालन शाखा) अनामनगरमा आइपुग्ने गरी उपलब्ध गराईदिन आग्रह गरेको छ ।

आयोगले उक्त मितिभित्र विवरण उपलब्ध नभएमा संगठित संस्थाहरुको पदपूर्ति नहुने समेत बताएको छ ।