जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन


ग्लोब नेपाल
135
Shares

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले गरेको विश्वासलाई कायम राखेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका हुन।

‘जित्ने साथीहरुको जिम्मेवारी अझ बढी हुन्छ, हारेकाहरुले पनि जित्नेले गर्छ भन्ने होइन, तपाँईहरुले पनि सँगसँगै लाग्नु पर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताले चाहे भने जिताइदिन्छन्, चाहे भने हराइदिन्छन्, जनता मालिक हुन्, त्यसैले सार्वभौमसत्ता सम्पन्न जनता भनिएको हो।’