दुर्गा प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

दुर्गा प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार


ग्लोब नेपाल
108
Shares

झापा । तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।

चन्द्रगढी विमानस्थलमा शनिबार दिउँसो काठमाडौंबाट पुगेका राजकुमारले त्यहाँ स्वागतका लागि पुगेका प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् । अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।