दुबईका राजकुमारले उपहार दिएको ‘सुनको लौरो’ राज्यलाई दिन्छु: दुर्गा प्रसाई

दुबईका राजकुमारले उपहार दिएको ‘सुनको लौरो’ राज्यलाई दिन्छु: दुर्गा प्रसाई


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । व्यवसायी एवम्ए नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले दिएको ‘सुनको लौरो’ राज्यलाई उपहार दिने बताएका छन्।

झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको बताएका छन्। ‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो सोध्ने कुरो भएन’, उनले भने, ‘तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु। एयरपोर्टमा लिएदेखि हेरेको पनि छैन।’

उनले उपहारमा आएको उक्त लौरोको धेरै चर्चा भएपछि त्यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताएका छन्। ‘धेरै लौरो लौरो भनेर आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’, उनले भने,’गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु।’