अखिल क्रान्तिकारीको बैठकमा दुई समूहबीच हात हालाहाल !

अखिल क्रान्तिकारीको बैठकमा दुई समूहबीच हात हालाहाल !


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप भएको छ।

आइतबार दिउँसो काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा शुरू भएको बैठकमा दुई समूहबीच हात हालाहाल भएको हो । क्रान्तिकारीको तेस्रो विस्तारित बैठक बोलाइएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिथिको रूपमा बोलाइएको थियो ।

बैठकमा विवाद हुने संकेत पाएपछि प्रचण्ड सहभागी हुन नगएको बताइएको छ । अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति गठनदेखि नै विवाद हुँदै आएको छ ।