मन्त्री आलेबारे नेपालको जवाफ: मान्छेका बारेमा कुरा उठ्दा बोल्न धेरै गाह्रो हुन्छ

मन्त्री आलेबारे नेपालको जवाफ: मान्छेका बारेमा कुरा उठ्दा बोल्न धेरै गाह्रो हुन्छ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विवादबारेको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टालटुले जवाफ दिएर पन्छिएका छन् ।

आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलको कार्यक्रम आयोजना गरेका अध्यक्ष नेपालले सोही कार्यक्रममा सम्पादकहरूले मन्त्री आलेका विषयमा कुरा उठाउँदा टालटुले जवाफ दिएका हुन् । ‘जहाँसम्म पर्यटनमन्त्रीको कुरा छ, मान्छेका बारेमा कुरा उठ्दा जवाफ दिन धेरै गाह्रो हुन्छ,’ अध्यक्ष नेपालले भने,‘यति मात्र भन्छु बोल्दाखेरी विचार पुर्‍याएर मात्र बोल्नुपर्छ ।’

अश्लील अभिव्यक्ति र कर्मचारीमाथिको दुर्व्यवहारका कारण पछिल्लो केही दिनयता पर्यटनमन्त्री विवादमा छन् ।