काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा हैजाका विरामी भेटिएको जनाएको छ ।
मन्त्रालयले आईतबार एक विज्ञप्ति निकाल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग देखिएको पुष्टि भएको जनाएको हो । मन्त्रालयलका अनुसार १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका-२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।
उनीहरुको टेकुमै उपचार भइरहेको मन्त्रालयले जनाएको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपील गरेको छ ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति
प्रतिक्रिया