आज नेपालले बहराइनसँग खेल्दै

आज नेपालले बहराइनसँग खेल्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ । किनरारा ओभलमा नेपालले तेस्रो खेलमा बहराइनको सामना गर्न लागेको हो । खेल बिहान सवा आठ १५ बजे शुरु हुनेछ । नेपाल लगातार तेस्रो जितको निकालेर सेमिफाइनल पुग्न चाहन्छ ।

यस अघि नेपालले बहराइनसँग खेलेको छैन । समूह बी मा रहेको नेपाल शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगाबै सेमिफाइनलमा पुग्नेछ ।

बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस अघि नेपालले भुटानलाई ५० रनले हराएको थियो । त्यस्तै कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । फाइनल पुग्ने दुई टोलीले महिला ट्वान्टी ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।