बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो ।

बहराइनकी इशारा सुहुनले ६ रन जोडिन । कप्तान दिपिका रासंगिका र थरंगाले २-२ रन जोडिन । नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिईन् । अश्मिना कर्माचार्यले १ विकेट झारिन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।