पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बारे सदनमा सरकारको जवाफ माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । एमालेले रुलिङ नभएसम्म संसद चल्न नदिने भन्दै सांसदहरुले विरोध जनाएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सरकारलाई सत्यतथ्य सदनसमक्ष जानकारी दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकको सुरुमै समय लिएर बोल्दै एमाले सांसद अर्यालले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै सरकारको आलोचना गरेकी थिइन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्य दैनिक उपभोग्य वस्तुको पनि महँगिएको उनले बताइन् ।

उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरिन् ।